१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आयरल्याण्डले नेपाललाई दियो एक सय २२ रनको चुनौती



काठमाडौँ
१२ चैत । आयरल्याण्ड ‘ए’ टोलीले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि एक सय २२ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनायो ।
आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाएका हुन् । त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६÷१६ रन जोडे ।
म्याथ्युले १३ बलमा एक छक्का प्रहार गर्दै १६ रन जोडे भने लियामले सात बलमा दुई चौका र एक छक्काको सहयोगमा १६ रन बनाए । फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई÷दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १० : ०५ बजे