१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रगिरीमा दुई ट्रक दुर्घटना, ट्रक चालकको मृत्यु



१३ चैत्र । काठमाडौको चन्द्रगिरीमा दुई ट्रक दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका २ ढलानस्थित सडकमा ना.७ ख ९१८७ नम्बरको मिनी ट्रक र लु.१ ख ८२६६ नम्बरको चक्के ट्रक एकआपसमा ठक्कर दिएको थियो । सोमबार दिउँसो भएको दुर्घटनामा मिनी ट्रक चालक धादिङ गल्छी गाउँपालिका–१ बस्ने ३४ वर्षीय ज्ञानकुमार राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचारको क्रममा मृत्यु भएको थियो । चक्के ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : १७ बजे