१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको नरदेवीबाट सुनसहित दुई जना पक्राउ



१४ चैत । रसुवा केरुङ नाका हुँदै ल्याएको भन्सार छलीको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएका २६ वर्षीय सुदिप बिक र गोरखा घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।

भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेशको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले सोमबार साँझ काठमाडौँको नरदेवीबाट दुई जनालाई पक्राउ गरेको हाे ।

उनीहरूको साथबाट बजार भाउ अनुसार १३ लाख ९१ हजार १६० रुपैयाँ बराबरको अन्दाजी १२८।७ ग्राम सुन बरामद गरिएको थियो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ३२ बजे