१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राति यी तीन प्रदेशका पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना



१४ चैत । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। जसका कारण अहिले (बुधबार साँझ) पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ भने देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा पनि भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

 

यस क्रममा राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

साथै कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम महाशाखाले बुधबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै कोसी, बागमती , गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ४० बजे