१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बुढानिलकण्ठ र चाँगुनारायणमा एक एक जना मृत फेला



काठमाडौं
१४ चैत । काठमाडौंको बुढानिलकण्ठ र भक्तपुरको चाँगुनारायणमा एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल पोखरी बस्ने ४६ वर्षीय बिजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ईटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा सोही भट्टामा काम गर्ने रोल्पा परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मनबहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धन गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १ : ५२ बजे