१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सर्जन डा.प्रतिभा धौभडेल छाउनीमा मृत फेला



१५ चैत । काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् ।
उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ५ : १८ बजे