१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वन डढेलोमा परेकी महिलाको जलेर मृत्यु



डोटी
१६ चैत । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन् । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो ।
उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए ।

 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ३ : २१ बजे