१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौंबाट पक्राउ



१६ चैत । लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ जना सदस्य काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्ने दुबै जना ब्राजिलियन नागरिक भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोस रहेको र उनीहरुको साथबाट कुल १ केजी ४५५ ग्राम कोकिन बरामद भएको ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । विभिन्न मुलुकहरूबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सकिएको उनको भनाइ छ ।

चैत १३ गते काठमाडौँको ठमेलको एक होटेलमा लारिसनले सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको समेत थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम बरामद भएको कार्कीले बताए ।

निजहरूको पेटमा थप क्याप्सुलहरु हुनसक्ने आशंकामा दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६५ ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाउँदै नेपालमा तस्करी गर्ने खुलेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १ : ३४ बजे