१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ट्याक्सी त्रिसुलीमा खस्यो, पाँच जनाको मृत्यु



चितवन
१७ चैत । काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।
ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ३ : १० बजे