१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपति क्षेत्रमा गाडी चल्न नदिन र शव गाड्ने वैकल्पिक ठाउँ खोज्न सर्वोच्चको आदेश



१७ चैत । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इञ्जिनबाट चल्ने गाडीमा रोक लगाउन सरकारलाई आदेश दिएको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र गाडी चल्ने कुनै पनि बाटो नखोल्न पनि आदेश दिएको छ । खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट चल्ने गाडी नचल्ने सुनिश्चितता गर्न सर्वोच्चको आदेश छ ।

यस्तै श्लेषमान्तक वनको केही भागमा शव गाड्ने परम्परा रहेकोमा सर्वोच्चले एक वर्षभित्र शव गाड्ने वैकल्पिक ठाउँको पहिचान गर्न पनि आदेश दिएको छ । एक वर्षपछि श्लेषमान्तक वनमा शव गाड्न र फाल्न नपाउने व्यवस्था गर्न सर्वोच्चको आदेश छ ।

पशुपति क्षेत्रमा पुरातात्विक महत्वका सम्पदा, वन बुट्यान, जीवजन्तु, चराचुरुङ्गीको बासस्थान रहेको र तिनको संरक्षण गर्नुपर्ने भन्दै सर्वोच्चले वनकाली, मृगस्थली, श्लेषमान्तक लगायतका वनक्षेत्रमा सर्वसाधारणको प्रवेशलाई समेत रोक लगाउन आदेश दिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ५ : ४४ बजे