१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा कृषि वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन हुँदै



१७ चैत । नेपाली कृषि वैज्ञानिकहरुको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास–नेपाल) को छैठौं राष्ट्रिय सम्मेलन तथा आठौं साधारण सभा आउँदो बुधबार अर्थात् यही २१ गते ललितपुरमा हुने भएको छ ।

‘कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा सास नेपालका आजीवन सदस्यहरु, साधारण सदस्यहरु, मानार्थ सदस्यहरु तथा कृषि अनुसन्धानमा संलग्न रहेका व्यक्तिहरु सहभागी हुँदैछन् ।

सम्मेलनमा झण्डै पाँच सय जनाको सहभागिता रहने आयोजक सास–नेपालले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार, ललितपुरमा हुने सम्मेलनमा नेपालको कृषि अनुसन्धान प्रणालीलाई थप सबल र सुदृढ बनाउने र देशको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्‍याउने गरी नीतिगत हिसाबले मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ५ : ५० बजे