११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मेडिकल उपकरण खरिदमा भ्रष्टाचारः विशाल पण्डितसहित ७ जनाविरूद्ध मुद्दा



१८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितसहित ७ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ, हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मोरङको कोशी अस्पताल कोभिड-१९ केन्द्र, विराटनगरमा ‘हाई डिपेन्डेन्सी युनिट (एचडियू) जडान तथा सञ्चालन गर्न सामग्री खरिदका लागि स्वास्थ्य निर्देशनालय, धनकुटाले बोलपत्र आह्वान गरेको थियो । तर बोलपत्रमा न्यून कबोल गर्नेलाई छनोट नगरी अनियमितता गरेको भन्दै उजुरी परेको थियो । अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।