१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धरहरा वरपर रमाइलो उद्यान (तस्विरहरु)



ललितखबर
१९ चैत्र । ५ बर्षअघि शिलान्याश गरिएको धरहरा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३ बर्षअघि उद्घाटन गरे । तत्कालै सरकार ढल्यो । दुईचार महिनामै बन्न सक्ने धरहरा वरपरको बगैचा बनेन ।


नयाँ सरकारको नेतृत्व गर्ने सरकार पक्षले ठेकेदार कम्पनीलाई काम लगाएर धरहरा सर्वसाधारणलाई प्रवेश गराउनुको सट्टा छिट्टै धरहरा उद्घाटन गरेको मुद्दा उठाएर आलोचना भइरह्यो । धरहरा आजपर्यन्त सर्वसाधारणले धरहरा चढ्न पाएका छैनन् । यद्यपी कमलादीमा नीजि कम्पनीले स्काई टावर निर्माण गरेर धेरै पैसा कमाइसक्यो । सरकारले धरहरा सर्वसाधारणलाई खुला गर्न छोडेर नीजि कम्पनीलाई वैकल्पिक टावर बनाउन दिएर धरहरालाई छाँयामा पर्न ध्याउन्नमा लाग्यो ।


रमण कन्ट्रक्सनले ५ बर्षअघि निर्माण सुरु गरेको धरहराको संरचना कछुवा गति अझैं जारी छ । टिकट काउण्टर,प्रर्दशनी कक्ष,बगैचा निर्माण भइरहेको छ ।
रमण कन्ट्रक्सनका मेकानिकल एसपि चौधरी धरहरा पुर्ननिर्माण ढिलाईका सन्दर्भमा प्रश्न राख्न खोज्दा बोल्न चाहेनन् । धरहरा पुर्ननिर्माण पुरा हुन केही महिना अझैं लाग्ने एक कर्मचारी बताउछन् ।


तत्कालीन सरकारले पुर्ननिर्माण गरेको धरहरा वरपरको संरचना रमणिय देखिएको छ । काठमाडौं महानगरले धरहराको पार्किङ नगरप्रहरीलाई खटाएर निशुल्क रुपमा प्रयोग गरिरहेको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : १४ बजे