१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका चार ठाँउमा एकैदिन चोरी



काठमाडौं
२० चैत । राजधानकिो विभिन्न चार ठाँउमा सोमबार एकै दिन चोरीको घटना भएको छन् ।
प्रहरीका अनुसार काठमाडौंको टोखा, कपन, हाडिगाउँ र भक्तपुरको लोकन्थलीमा चोरी भएको हो ।
प्रहरीले दिएको सूचना अनुसार काठमाडौंको टोखा नगरपालिका–३ धनेश्वर हाउजिङ पुल नजिकै बस्ने पर्वत वियादी गाउँपालिका–१ घर भएका शम्भु शर्मा सिलवालको घरबाट सुनका विभिन्न गहना तथा नगद गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–१० कपन मिलन चोक बस्ने ७० वर्षीया शान्ता लम्सालको घरबाट कोही नभएको अवस्थामा नगद १२ लाख रूपैयाँ तथा सुनका विभिन्न गहना गरी करिब १९ लाख रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानागरपालिका–५ हाडिगाउँ डेरा गरी बस्ने गोरखा सिरानचोक गाउँपालिका–२ घर भएका ४५ वर्षीया गोमा परियारको कोठाबाट सुनका विभिन्न गहना गरी करिब २ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।
भक्तपुर, मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली डेरा गरी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका–९ घर भएका २८ वर्षीय भुवन भण्डारीको कोठाबाट सुनका विभिन्न गहना तथा नगद ७० हजार रूपैयाँ गरी करिब ९ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथ घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएकोे छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : ५८ बजे