१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’



काठमाडौँ
२१ चैत । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिम टस हारेर बलिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए ।

आज नेपाल ‘ए’को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, मौसम ढकाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल ऐरी, सहाब आलम र रिजन ढकाल छन् ।

यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले २–१ खेलले प्रतियोगितामा कब्जा जमाएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : २१ बजे