१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं काठका किसानलाई कामको चटारो (तस्विरहरु)



काठमाडौँ
२४ चैत्र । कृषि क्षेत्र सरकारको उपेक्षामा परेका कारण पछिल्लो समय यो पेसामा आबद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ, कृषिको लागि त्यति नै कठिन छ । कारण कृषिप्रतिको अविश्वास र व्यवसायीक कृषि प्रणालीको अभाव नै हो ।


किसान लाखौं लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर वस्तुको बजार सीमित छ । निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ । सरकारलाई कुनै मतलब छैन । गर्मी सुरु भएको छ । मानिसहरू गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यति बेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान ।


तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा यत्रतत्र भेटिन्छन् । यति बेला उनीहरूलाई नयाँ वर्षको रमझम भन्दा खेतीपाती नै प्यारो छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका कामको चटारोले व्यस्त काँठ क्षेत्रका किसान र कृषि उपजका यी तस्बिरहरुः

 

   

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ४ : २२ बजे