१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा जारी बिस्का जात्राको भैरव रथको भाँचियाे



२८ चैत । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । मङ्गलबार दिउँसो ३ बजेदेखि हजाराँ जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पु¥याइएको थियो । फर्काउँदा रथ आज बिहान ३ बजे सुकुलढोकामा ल्याइपु¥याएको थियो । मङ्गलबार रातिनै रथलाई गःहिटी पु¥याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि आज पुनः रथलाई तानेर गःहिटी नजिकि ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिए ।

मङ्गलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर चलनअनुसार रथलाई आज दिउँसो ३ बजेसम्म पनि गःपिहटी पुर्याउन सकिएन ।

रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिनुभयो । उहाँले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताए। रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने छ । रथ जसरी पनि गःहिटी पु¥याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पु¥याउन पर्ने बाध्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले जानकारी दिए ।

नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पु¥याएपछि मात्रै लिङ्गो उठाउने कार्य सुरु हुन्छ । आगामी वैशाख १ गते लिङ्गो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ४ : २५ बजे