१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


प्रज्ञा–प्रतिष्ठानद्वारा १० विशिष्ट प्रतिभालाई आज ‘प्रज्ञा पुरस्कार–२०८०’ प्रदान



काठमाडौँ
२८ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठानले विधागतरूपमा दीर्घसाधनारत १० विशिष्ट प्रतिभालाई आज ‘प्रज्ञा पुरस्कार–२०८०’ प्रदान गरेको छ ।
प्रतिष्ठानका कुलपति भूपाल राईका अध्यक्षतामा भएको कार्यक्रममा खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार, मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिक शास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार प्रदान गरेको हो ।
त्यसैगरि कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार,  प्रा डा देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार,  बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य), राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य), गङ्गा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार प्रदान गरिएको हो ।
प्रत्येक वर्ष प्रदान गरिँदै आएका यी पुरस्कारको राशि जनही रु एक लाख रहेको प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।