१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


विहानपख कोटेश्वर सडकमा स्कुटर दुर्घटना, चालकको मृत्यु



१ बैशाख । विहानपख कोटेश्वर सडकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका ३२ कोटेश्वर मुनि भरैव बस पकेट नजिक सडकमा तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा परेको थियो ।

बागमती प्रदेश ०२–०२६ प ६००२ नम्बरको स्कुटर शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं पेप्सिकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १० : ५२ बजे