१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा बुद्धचित्तको बोट काटिएको घटनामा थप एक जना प्रहरी नियन्त्रणमा



२ वैशाख । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटेको आरोपमा थप एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार साँझ दुर्गालाल तामाङलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंबाट मानबहादुर तामाङ (सिजन) पक्राउ परेका थिए ।

उनले एक महिनाअघि २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्को साल खेल खत्तम) भनेको भेटिएको थियो ।

काभ्रेको रोशी गाउँपालिका-५ नागबेलीस्थित शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको बोट शुक्रबार बिहान करिब १ बजे काटिएको थियो । १५/२० जनाको अज्ञात समूहले बुद्धचित्तको बोट काटेर आँगनमा चार वटा घरेलु सकेट बम राखेको थियो ।

उक्त रूखमा फल्ने बुद्धचित्तका दाना तीन करोड रूपैयाँमा बिक्री गरिएको थियो । शेरबहादुरले वार्षिक तीन करोड रूपैयाँ पाउने गरी सन्दीप त्रिपाठीसँग सम्झौता गरेका थिए ।

रूख काटिएको दिन शेरबहादुर भने काठमाडौंमा थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ४७ बजे