१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरका पत्रकार र खेलाडी सम्मानित



 

३ वैशाख । भक्तपुरमा जिल्लामा लामो समयदेखि पत्रकारिता सक्रिय पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।
औद्योगीक शान्ति नेपाल संस्थाले आयोजना गरेको आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको अवसर पारेर पत्रकार ढकालसहित खेलाडीहरु उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टिमका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वनलाई सम्मान गरिएको छ ।
ढकाललाई नगद रु ५ हजारसहित सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले सम्मान गरेका हुन् । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका ढकाल, प्रेस चौतारी भक्तपुरका अध्यक्ष र राष्ट्रिय संचार केन्द्रका सचिव समेत हुन् ।
नगरप्रमुख थापाले भलिबल खेलका प्रशिक्षक तथा पूर्व खेलाडी खेलाडीहरुलाई जनही नगद रु.५ हजारसहित सम्मान गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए ।

चैत २२ गतेदेखि जारी महोत्सव आज समापन भएको हो । महोत्सवमा करिब ८ करोड बराबरको कारोबार भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : ३३ बजे