१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टोखा बिस्का जात्रा : सिन्दूर जात्रासहित रथलाई टोल परिक्रमा काठमाडौँ



३ वैशाख । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का नखः ९जात्रा०को चौथो दिन आज सिन्दूरजात्रासहित रथलाई परिक्रमा गरिएको छ । गत चैत मसान्तदेखि सुरु भएको जात्राको आज चौथो दिन आज बिहान ७ बजे तपलाक्षीःबाट देवतासहितको रथलाई सिन्दूरजात्रा गरी टोल परिक्रमा गरिएको र बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइएको छ ।

आजै दिउँसोे तलेजु गुथीबाट जीवित गणेश, कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिएको नेवा गुथीः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । यस्तै, उक्त रथलाई मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी आजै साँझ कोनेलाक्षीःमा बिसाइएको छ । आज रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

बिस्का जात्राको चौथो दिन आज नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता एवम् पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, कांग्रेस नेता एवम् काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायत व्यक्तिहरु जात्रामा पुगेका थिए । टोखा नगरपालिकाले जात्राका अवसरमा आज टोखाको वडा नं २ र ३ मा र भोलि अर्थात् जात्राको अन्तिम दिन टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : ५४ बजे