१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मधेश सरकारबाट बाहिरियो लोसपा, वनमन्त्री कुर्मीले दिए राजीनामा



४ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।

योसँगै लोसपाबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । लोसपाले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।
मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले मधेश सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।
लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत रहेकाले मुख्यमन्त्री सुरक्षित रहने देखिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  २ : ३९ बजे