१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको घुँइचाे



५ वैशाख । काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी (मंगलबार) बाट सुरु भएको रथयात्राको रथ तानेर मंगलबार नै असन पुर्‍याइएको थियो ।

तीनधारा पाठशालाबाट सुरु भएको रथ जात्रालाई मंगलबार जमलबाट तानेर असन पुर्‍याइएको थियो । आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमान ढोका पुर्‍याइनेछ ।
चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : १५ बजे