१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सातदोबाटो–बालकुमारी सडक आजदेखि रातको समयमा बन्द



६ वैशाख । काम सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड बिहीबारदेखि केही दिन रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि बन्द गरि लागिएको हो । बिहीबार ६ वैशाखदेखि ११ वैशाखमा सडक बन्द गरिने जनाइएकोे छ ।
दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।
ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो । दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो ।

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ८ : ११ बजे