१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इन्डिगो विमानको सिटमा एक किलो सुन भेटियो



६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै एक किलो सुन भेटिएको छ । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको सिट पछाडीको पकेटभित्र १ किलो ७० ग्रामसुन भेटिएको हो ।

जहाजको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।

उक्त सुन कस्ले राखेको अझै पहिचान भएको छैन । उक्त जहाज बुधवार बिहान मात्र जहाज अवतरण गरेका थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ३ : ३४ बजे