२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


६५ बर्षीय बृद्ध धावकद्वारा वाताबरण सचेतनाका लागि भन्दै चक्रपथमा म्याराथन



७ वैशाख । स्वच्छ वातावरण राख्न सन्देश दिने उद्देश्यले एक बृद्ध धावकले राजधानीको चत्रःपथमा उक फन्को लगाएर दौड पुरा गरेका छन् ।
६५ का श्री पुष्कर विश्वकर्माले “वातावरण सफा राखौं र स्वच्छ बनौं” भन्ने पवित्र सन्देश बोकेर पूरै रिबरोड ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा एकल म्याराथन पूरा गरेका हुन् । कलंीकबाट विहान ७ बजे शुरु भएको उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातादोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल, चाबहिल, महाराजगन्ज, बालाजु, स्वयम्भू हुँदै कलंकीमा समापन गरेका हुन् ।
लायन्सक्लब अफ काठमाडौं बबरमहलले आयोजना गरेको यो ऐतिहासिक कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ का डिस्ट्रिक गभर्नर लायन शम्भु बहादुर थापाले उक्त म्याराथन शुरु गराएका थिए ।
धावक श्री पुष्कर विश्वकर्माले नियमित व्यायाम गर्ने, खानपानमा ध्यान दिने र वातावरण सफा राख्न सकियो भने स्वस्थ रहन सकिन्छ भन्ने सन्देश समेत बाँडका थिए । म्याराथन सम्पन्न पश्चात गभर्नर लायन शम्भु बहादुर थापाले धावकलाई यो साहसीपूर्ण कदमको प्रशंसा गर्दै माला लगाइ बधाइ तथा शुभकामना दिए ।
आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ४ : १९ बजे