२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको गोकर्णेश्वरबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ



काठमाडौं
७ वैशाख । काठमाडौंको गोकर्णेश्वरबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन्
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीस्थित पहेंलो पुलबाट सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित सोही नगरपालिका–६ नयाँवस्ती बस्ने काभ्रेपलान्चोक रोसी गाउँपालिका–५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् ।
प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले बा.१८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार उनलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : ४२ बजे