२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कठमाडौंको बालाजुसहित विभिन्न स्थानमा तीन जना मृत फेला



काठमाडौं
७ वैशाख । काठमाडौंको बालाजु, धुलिखेलको बाँसघारी र धादिङको खानिखोलामा एक एक जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित गंगा हल नजिक बाटोको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

साथै काभ्रे धुलिखेल नगरपालिका–३ बाँसघारी बस्ने ४२ वर्षीय राज कुमार न्यौपाने सोही नगरपालिका–७ स्थित बेईनिङ प्लानको जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धादिङको धुनिवेशी नगरपालिका ८ खानिखोलास्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  २ : ३८ बजे