२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीका सडकमा अवरोध नै अवरोध (तस्विरहरु)



काठमाडौँ
वैशाख । राजधानी शहरका सडकमा सधैं अवरोध देखिन्छ ।
सडकबाटै विद्युत, खानेपानीको ढल, टेलिफोन सेवाग्राहीको घरसम्म लैजाने सिस्टम रहेको कारण बेला बेलाका सडक भत्काइने हुँदा अवरोध हुने गरेको हो ।


एकातिर गुणस्तरिय सडक र सडकपेटी निर्माण नहुनुले पनि पटक पटक मर्मतका लागि निर्माण सामाग्री सडकमा थुपारिएको हुन्छ ।
एकै पटक ढल,खानेपानी, विद्युत, टेलिफोन र इन्टरनेट विस्तारकोकाम नहुँदा पनि समस्या निम्तिने गरेको हो ।


ठुला ठुला सहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ  । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडक पेटी कम्तीमा पनि डेढ मिटर चौडाइको हुनुलाई उपयुक्त मानिन्छ  । पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्त्वपूर्ण विशेषता हो  ।

तर नेपालको राजधानी सहर तथा काठमाडौँ महानगरको सडकपेटीको अवस्था बेग्लै छ  । सडकपेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन  । भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु मासिएका मात्र छन्, पैदलमार्ग नै हराइरहेका छन् ।


राजधानी काठमाडौँमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन  । सडकपेटीहरु निर्माणको पखाइमा छन् । लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन् । स—साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउने गरेका छन् ।

  

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ११ : २३ बजे