२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चोभार डाँडामा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते



८ वैशाख । काठमाडौँ कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो।
दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ। प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको पुष्टि गर्दै महानगरपालिकाकै दमकल भएको जानकारी दिएको छ।

प्रहरीका अनुसार घटना दिउँसो १ बजेको घटना हो। स्थानीयको खबरपछि चोभार जंगलमा लागेको आगो निभाउन काठमाडौँ महानगरपालिकाका चारवटा दमकल गएका थिए। त्यस क्रममा एउटा दमकल दुर्घटनामा परेको हो।

घाइतेहरूको विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १ : ५३ बजे