२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार



९ वैशाख । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार गरिएको छ । प्रहरीले उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङ छन् ।

शनिबारराति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र एक पुरुष खसेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएको थियो ।

करिब ३० फिट गहिरो इनामार खसेका तामाङलाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनलाई उपचारका लागि पाटन स्वास्थय विज्ञान प्रतिष्ठान ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ११ : १९ बजे