२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज लोकतन्त्र दिवसमा कतारका राजा भ्रमणमा आउदै, सरकारले सार्वजनिक विदा दिने



काठमाडौँ
११ वैशाख । आज बैशाख ११ गते लोकतन्त्र दिवस । आजैका दिन पुर्वराजा ज्ञानेन्द्र शाहले २०६३ साल बैशाख ११ गते जनताको नासो जनतालाई बुझाएको घोषणा गरेका थिए । नेपालमा लोकतन्त्र स्थापना भएपछि राजतन्त्र समाप्तीको प्रकृया सुरु भएको थियो ।
अर्को संयोग, आज राष्ट्रपति रामचन्द्रको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउदै छन् । कतारका अमिर थानीको राजकीय भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
कतारका राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्दै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राजा थानीलाई आज अपराहन्न ५ः ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

राजा थानीले भेटका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गर्न छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षिय भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

कतारका राजाबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्ने लगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  २ : ५५ बजे