२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


ताइवानमा शक्तिशाली भुकम्पको धक्का, ८० भन्दा धेरै पटक हल्लायो



काठमाडौँ
११ वैशाख । ताइवानमा फेरी शक्तिशाली भूकम्पले धक्का दिएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ६ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भुकम्पको धक्का मापन गरिएको थियो ।
यहाँ एक पछि अर्को भुकम्पको असंख्य धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । रिपोर्ट अनुसार ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको उल्लेख गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसअघि अप्रिल ३ मा ताइवानमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो ।

ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । ताइवान टेक्टोनिक प्लेटहरूको संगममा अवस्थित छ । ताइवान दुई टेक्टोनिक प्लेटको संगममा अवस्थित एउटा देश हो, जसलाई भूकम्पका लागि संवेदनशील मानिन्छ ।

सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : १९ बजे