२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


करारमा नगरप्रहरी भर्ती गर्दै मध्यपुर थिमि नगरपालिका, माग्यो दरखास्त



११ वैशाख । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले करारमा नगरप्रहरी भर्ती गर्न लागेको छ। सोमबार सूचना प्रकाशन गर्दै नगरपालिकाले १२ जना नगरप्रहरीको पदपूर्तिका लागि दरखास्त मागेको हो।

नगरपालिकाले १ जना नगर प्रहरी निरीक्षक, एक जना नगर प्रहरी सहायक निरीक्षक र १० जना नगर प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपालीले २१ दिनभित्र नगर कार्यपालिकाको कार्यालयमा उपस्थित भई दरखास्त बुझाउन सक्नेछन्।

दरखास्त शुल्क नगर प्रहरी निरीक्षकका लागि एक हजार, सहायक निरीक्षकका लागि सात सय र जवानका लागि तीन सय रूपैयाँ तोकिएको छ।

नगर प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भई २४ वर्ष ननाघेको र स्नातक तह वा सोसरह उत्तिर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ।
प्रहरी निरीक्षक वा सो सरहको पदबाट पूर्व जनपथ र सशस्त्र प्रहरी वा नेपाली सेनाबाट अवकाश प्राप्तको हकमा भने ४४ वर्ष ननाघेको हुनुपर्ने छ।

 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : २० बजे