२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल आइपुगे कतारका राजा थानी



११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन् ।
राष्ट्रपति पौडेल उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १० : ५८ बजे