२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौ आउँदै गरेको सुमो काभ्रेपलान्चोकको मुलाबारीमा दुर्घटना, १० यात्रु घाइते



१२ वैशाख । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

सुमो सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र कोलाँती पठाइएकोमा केन्द्रले थप उपचारका लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : २५ बजे