२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महोत्तरीमा भीषण आगलागी हुँदा एक सयभन्दा धेरै घर जलेर नष्ट, करोडौंको क्षति भएको अनुमान



१२ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका-६ मा भीषण आगलागी भएको छ । मटिहानी नगरपालिका-६ स्थित जर्लाहावा गाछी टोलमा बुधबार बिहान ११ बजेदेखि लागेको आगो अझै पूर्णरुपमा निण्न्त्रणमा आएको छैन ।

गाउँको करिब १ सय घरमा आगो सल्किएको र अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको बताइएको छ । आगलागी नियन्त्रणमा लिनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए ।

आगलागीबाट ५१ वटा घर पुर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी नकुल पोखरेलले बताए । अन्य घरमा समेत आंशिक क्षति भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ११ : ०१ बजे