२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न



१२ वैशाख । काठमाडौं हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो ।

यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी बताइन्छ ।

यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष यसरी नै खोज्ने गरिएको भनाइ छ।

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ३ : ४१ बजे