२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर ग्वार्कोको डान्सबारमा जुवा खेलिरहेका १३ जना पक्राउ



१३ वैशाख । ललितपुर ग्वार्कोमा जुवा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले बुधबारराति पक्राउ गरेको हो ।

जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाको छ।

जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ३ : ३२ बजे