२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चित्लाङतर्फ जाँदै गरेको सुमो चन्द्रागिरिमा दुर्घटना



१३ वैशाख । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा सुमो दुर्घटनाग्रस्त भएको छ। रोकिराखेको गाडी एकाएक ब्याक भएर सडकबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा रहेको गाडी केहीबेरमा ब्याक हुँदै भीरबाट तल खसेको हो ।बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ८ : २५ बजे