२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चंगेलीका वडाध्यक्षसहित ७ जनाविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा



१३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिका वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीसहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७४–७५ मा बाटो निर्माणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा लाग्नेमा तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा छन् ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडी पनि यो प्रकरणमा मुछिएका छन् ।
चंखेली–३ को सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा उनीहरूमाथि मुद्दा लागेको हो ।

चंखेली–३ का तत्कालीन वडाध्यक्ष ऐडीले बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस गरेर अनियमितता गरेको अख्तियारको ठहर छ ।

उनीहरूमाथि दुई लाख २२ हजार ५०१ तीन रुपैयाँ १७ पैसा बिगो माग गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  १० : १४ बजे