२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


५० ग्राम सुनसहित विमानस्थलबाट २ युवा पक्राउ



१३ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–९ घर भएका ४२ वर्षीय जगदिश श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका–३ घर भएका ४३ वर्षीय राजकुमार श्रेष्ठ छन् ।

भन्सार छली गरी लैजान लागेको ५० ग्राम बराबरको सुनको सिक्री २ थान, आइफोन ३ थान र विभिन्न भेपको लिक्युडसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनीहरूलाई पक्राउ गरिएको हो । बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उक्त सामानहरू अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  १ : ४६ बजे