२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सरकारी जग्गा व्यक्तिको नाममा, १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा



१३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली श्रेष्ता खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले मालपोत कार्यालयका तत्कालीन खरिदार पौडेलसहित नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला,खुम्बु पासाङल्हामु गाउँपालिका १ बस्ने बुद्धमाया थापा मगर र निजका नाती रामकृष्ण थापा मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सरकारको नाममा रहेको जुभिङ्ग गाउँपालिका वडा नम्बर ५ मा रहेको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्ने/गराउने कार्यमा संलग्न देखिएको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध ६ लाख १८ हजार रुपैयाँ बिगो र सजाय माग दाबी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता घिमिरेले बताए ।

सो मुद्दामा फुर गेल्जे शेर्पा,ङिम याङ्जि शेर्पा,ल्हाक्पा दिकि शेर्पा,पेम्बा शेर्पा,ल्हाक्पा गेल्जेन शेर्पा,शर्मिला राई र मृत्यु भएका मिङमा ल्हमू शेर्पालाई जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याउने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : ४८ बजे