२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरमा कुनैपनि पालिकाका बिरामीले सिफारिस ल्याए निःशुल्क उपचार हुने



१६ वैशाख । काठमाडौँ महानगरपालिकाले देशका कुनैपनि पालिकाका बिरामीहरूलाई सेवा उपलब्ध गराउने भएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाका अशक्त र गरिब नागरिक बिरामीहरूलाई निःशुल्क उपचारको सेवा उपलब्ध गराउने बताएका छन्।

उनले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आएमा सेवा उपलब्ध गराउने बताएका हुन्।

उनले भनेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन्। त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ। तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला।’

उनले काठमाडौँ महानगर स्वास्थ्य विभागको ११८० नम्बरमा सेवाका लागि सम्पर्क गर्न पनि आग्रह गरेका छन्।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ३५ बजे