३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्कली परीक्षार्थी खडा गरेको आरोपमा धुम्बाराहीस्थित बोडिङका प्रिन्सिपल पक्राउ



१६ वैशाख । काठमाडौं धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपाल बहादुर महत पक्राउ परेका छन् । आफ्नै विद्यालयबाट नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउन खोजेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले नक्कली परीक्षार्थी खडा गरेको अभियोगमा उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको बताए । पक्राउ गरेका महतलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।

कक्षा १२ को परीक्षाका लागि आफ्नो भाइसहित ५ जनाको नाममा नक्कली परीक्षार्थी खडा गरेको पाइएको थियो । यो विषयमा अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरले प्रहरीलाई पत्राचार गरेको थियो ।

स्कुलले ५ जनाको नाममा भरेको परीक्षा फाराममा अर्कै व्यक्तिको फोटो टाँसेको पाइएको थियो । यो विषयमा शिक्षा मन्त्रालय हुँदै राष्ट्रिय परीक्षा बोर्डमा उजुरी परेको थियो । उजुरी परेलगत्तै बोर्डले नक्कली फाराम भरेका ५ जनाको परीक्षा रद्द गरेको थियो ।

त्यसरी रद्द गरिएकाहरूमा प्रिन्सिपल गोपालका भाइहरू दीपक महत, तिलबहादुर महत तथा प्रशान्त विष्ट, मुकेश चन्द, विवेक न्यौपाने रहेका छन् । बोर्डले पाँचै जनाको परीक्षा भने रद्द गरेको थियो ।

उक्त स्कुलबाट यो वर्ष १२ जनाले कक्षा १२ को वार्षिक परीक्षा दिन परीक्षा फारम भरेका थिए । तीमध्ये ५ जना विद्यार्थीको परीक्षा फारम नक्कली भरेको पाइएको हो । उनीहरूको फाराम रद्द गरेर बोर्डले थप ७ जनाको परीक्षा भने विशेष निगरानीमा गराउँदै आएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ४६ बजे