३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखमूल आगलागीः ११ पसल र घरमा क्षति(अपडेट)



१६ वैशाख । काठमाडौँको शंखमूल, दोभानपुलमा आगलागी हुँदा ११ वटा पसल र घरमा क्षति पुगेको छ। शंखमूल दोभानपुलमा विशाल केसीले सञ्चालन गरेको देबी अटो मोबाइल्स प्रालिमा आज दिउँसो विद्युत् सर्ट भई आगलागी भएको हो।
आगलागी अहिले नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार आगोले सोही पसलसँग जोडिएका मेघराज घलेको बाबाठाकुर मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवको जयबजरङ्ग बली पान सपल, चन्द्रकुमार कुसवाहाको माछा पसल, जगन्नाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी, फलफूल तथा किराना पसल, आशागोपाल श्रेष्ठको मासु पसल, चन्द्र मर्हजन र केदार श्रेष्ठको पक्की घरको भित्ता तथा मेघराज घलेको फाष्टफुड रेष्टुरेन्टमा समेत क्षति भएको छ।

बानेश्वर प्रहरी वृत्तबाट प्रहरी निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा खटिएको बीस जनाको टोली तथा स्थानीयबासी, तीनवटा दमकलको सहयोग आगलागी नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताए। आगलागीबाट भएको क्षति एकीन विवरण भने आउन बाँकी रहेको छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ४५ बजे