३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ का वडाध्यक्ष पक्राउ



१६ वैशाख । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।
उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाई तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो ।

प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आजै पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ४७ बजे