३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बझाङ प्रदेश सभामा एमालेका दमन भण्डारी विजयी



१७ वैशाख । बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार भण्डारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

आफ्ना निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । एमालेका भण्डारीले ११ हजार ६ सय १२ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत ल्याए ।

माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।

 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १० : ३९ बजे