३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बलम्बुमा पार्किङ गरी राखेको बसमा आगलागी



१७ वैशाख । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।    काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा३ख ६१७३ नंको मिनी बसमा आज आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो ।

उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रहरीले स्थानीय बासिन्दा र चन्द्रागिरि नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ४३ बजे